बाजुरामा मतगणना सुरु हुँदै

Nisharg hospital
krishi add

१५ मंसिर, धनगढी । बाजुराको मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार साढे ३ बजेदेखि जिल्लाको मतगणना सुरु हुने भएको हो ।

swostik

मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने सहमति गरेको हो । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार कुन स्थानीय तहबाट मतगणना सुरु गर्ने भन्नेमा सहमति नभएको बताए ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने विषयमा बुधबार निणर्य गरेको थियो । तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन । आयोगको मतगणना गर्ने निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलिय बैठक बोलाएको थियो ।

तेस्रो पटक नेकपा एमालेसहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएको हो । बुधवार बेलुका, बिहिवार बिहान ७ बजे र बिहान ११ बजे बैठक बसेको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...