करेन्ट लागेकी भाउजूलाई बचाउने क्रममा देवर–देवरानीको मृत्यु

Seti
arth ok

१७ साउन, दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय  बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् ।

Nisharg hospital

प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए ।

तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो । बासु र हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । सुरुमा करेन्ट लागेकी भिमाको अवस्था भने सामान्य छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...