धनगढीमा लागुऔषधसहित युवक पक्राउ

Nisharg hospital
swostik

१७ साउन, धनगढी । कैलाली प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो जिल्लाको धनगढी उपमहानगरपालीका–३ को मिलनचोकस्थित रोड हाउस क्याफे नजिकैबाट डोटीको बडिकेदार गाउँपालिका–१ बस्ने वर्ष २८ वर्षीय बसन्त मौनीलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्र्रकाश जोशीले मौनीको साथबाट तीन ग्राम दुई सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको बताए । निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...