सुदूरपश्चिममा गृह मन्त्रालयको कार्यसम्पादनमा डडेल्धुरा सर्वोत्कृष्ट

kmc

१९ साउन, धनगढी । गत आर्थिक वर्षको कार्यसम्पादनमा डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो तथा देशभरीमै पाँचौ बनेको छ । विभिन्न ६८ वटा परिसूचकमा डडेल्धुरा ९५ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशमा पहिलो र देशरभरीमा पाँचौ सर्वोत्कृष्ट बन्न सफल भएको गृह मन्त्रालयले जनाएको छ ।

suklaphata

डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा अहिले मोहनजोशी कार्यरत छन् । मन्त्रालयकाअनुसार बैतडी, दार्चुला र अछामले ९० प्रतिशत भन्दा बढि अंक प्राप्त गर्दा कैलाली, कञ्चनपुर, डोटी, बझाङ र बाजुराले ८० देखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन् ।

गृह मन्त्रालयलृ कार्यसम्पादन सम्झौताका ६ वटा विषयगत क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत ६८ वटा परिसुचकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...