सेती प्रादेशिक अस्पतालमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि

Nisharg hospital

२० साउन, धनगढी । कोरोना भाइरसको नयाँ लहर फैलिएसँगै दैनिक संक्रमितको संख्यामा बृद्धि हुन थालेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २७ जनामा कोरोना पुष्टि भएको छ ।

swostik

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले ८८ जना शंकास्पद संक्रमितको नमूना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो कोरोनाको नयाँ लहर फैलिएको अहिलेसम्मकै सर्वाधिक संख्या हो ।

प्रादेशिक अस्पतालमा पछिल्लो समय ज्वरो, खोकी, शरीर दुःख्ने समस्या लिएर आउने बिरामीको संख्या ह्वात्तै बढेको छ । प्रादेशिक अस्पतालमा शुक्रबार बिहान कञ्चनपुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...