‘अगामी निर्वाचनमा एमालेलाई गठबन्धनले फरक पार्दैन्’

Kailali hospital
Nisharg hospital

१ साउन, धनगढी । नेकपा एमाले निकट अनेरास्ववीयुका केन्द्रीय उपाध्यक्ष मोती बिक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्छन् । स्थायी घर अछाम भएका बिक विगत लामो समयदेखि अनेरास्ववीयुको राजनीतिमा सक्रिय उनी केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष बनेका हुन् भने उनले ८ कक्षा पढ्दा २०५४ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए ।

जिल्ला सदस्यको जिम्मेवारीमा रहेका बेला काठमाडौं गएर उनी बानेश्वर क्याम्पसको प्रारम्भिक कमिटी सदस्य हुँदै सचिव र स्कूल जिल्ला कमिटीको सह–संयोजक भएर काम गरेका थिए । २०५८ सालमा नेपाल कमर्श क्याम्पसमा प्रारम्भिक कमिटीकै सदस्य भएका विकले २०६२ सालमा स्ववियु सदस्यमा जिते । २०६५ सालमा स्ववियु उपसभापतिमा विजयी भएका उनले २०६६ सालमा स्ववियु परिचालन विभागको केन्द्रीय सचिव भएर काम गरे ।

२०६८ सालमा अनेरास्ववियुको मनोनित केन्द्रीय सदस्य भए हुँदै २३ औं राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको सचिवालय सदस्यमा निर्वाचित भएका उनी अहिले उपाध्यक्ष भएर काम गरिरहेका छन् । प्रस्तुत छ, विकृति र विसंगतीविरुद्ध खरो उत्रिदै विद्यार्थी आन्दोलनको अगुवाई गर्दै आएका उनै उपाध्यक्षसँग गरिएको समसामयिक कुरानकानी : 

कुराकानीको सुरुवात समसामयिक सन्दर्भबाट गरौँ । तपाईले देशको अहिलेको परस्थितीलाई कसरी लिनुभएको छ ?

मुलुकको अहिलेको वर्तमान स्थितीलाई हेर्दा हामी युवा मात्र नभएर राजनीति गरेर कुनै न कुनै परिवर्तन गर्छु भन्ने नेतृत्वलाई निकै चुनौती छ । आज राजनीतिक दल, समाज र देशमा भइरहेका घटनाहरुलाई विश्लेषण गर्ने हो भने हामी रहन्छौँ रहदैनौँ ? देश रहन्छ की रहदैन ? भन्ने गम्भीर प्रश्न उठिरहेका छन् । दिनप्रतिदिन हाम्रो राष्ट्रिय पुँजी र अर्थतन्त्र कस्तो भइरहेको छ ? देश समृद्ध बनाउँछौँ भन्ने राजनीतिक दलका नेताहरुका आनीबानी र व्यवहारमा धेरै भिन्नता छ । जनताको जनजिविका, युवा र विद्यार्थीको हक अधिकारका पक्षमा काम गर्न हाम्रो राजनीतिक सुधार हुनु जरुरी छ ।

राजनीतिलाई सुधार गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहने भएकाले अहिले परिवेशअनुसार हामीहरु चल्न सक्नुपर्छ । यो अभिभारा युवाको गाँधमा भएकाले परिवर्तनका लागि अनेरास्ववीयु कमिटिगत, प्रणालीगत सुधार तथा देशका सबै ठाउँमा आफ्ना गतिविधि अघि बढाइरहेको छ ।

विद्यार्थी नेताका हैसियतमा तपाई अहिले मुलुकको सबैभन्दा ठूलो समस्या र चुनौती के देख्नुहुन्छ ?

अहिले मुलुकको सबैभन्दा ठूलो समस्या र चुनौती भनेकै आर्थिक संकट र तरलता हो । तत्कालीन नेकपा नेतृत्वको सरकार र अहिलेको गठबन्धन सरकार आएपछि देशको आर्थिक अवस्थामा आकाशपतालको फरक छ । यो कुरा जनतामा छर्लङ्ग छ । म दाबी गरेर भन्न सक्छु हाम्रो पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार हुँदाखेरीका आर्थिक सूचकांक वा विकासका सूचकांक हेर्नुहुन्छ । देश कसरी अघि बढिरहेको थियो ? आर्थिक बृद्धिदर कसरी भइरहेको थियो ? जनताको जनजिविकाका सवालहरु कसरी परपूर्ती भइरहेको थियो ? भन्ने कुरा तथ्यांक विश्लेषण गर्दा प्रष्ट हुन्छ ।

ओलीले सरकार चलाइरहेका बखत महंगी भएको थिएन भन्ने हाम्रो दाबी होइन तर त्यो जम्मा तीनदेखि साढे तीन प्रतिशतकै बीचमा थियो तर आज गठबन्धन सरकारले ९ प्रतिशत भन्दा बढि पुगाएको छ । यो तेब्बरले बढि हो । यहाँ पेट्रोलको भाउ मात्र होइन खाने तेलको भाउ, दैनिक उपभोग्य वस्तुको भाउ एकाएक आकाशिएको छ । गरिबको भान्छामा साँझ बिहान चुलो बाल्न सक्ने अवस्था छैन ।

देशको अवस्थालाई थप बिग्रिन नदिन सरकार र राजनीतिक दलसँगै तपाईहरुले खेल्ने भूमिका कस्तो हुन आवश्यक छ ?

यो परमादेशी सरकारले गरेका काम, वार्षिक बजेट, नीति तथा कार्यक्रम हेर्नुहुन्छ भने काम कुरो एकातिर कुम्लो बोकी ठीमीतिर भने जस्तै छ । सरकारले बनाइरहेको नीति व्यवहारमा उतारेको छैन, बजेट तथा कार्यक्रम पनि अहिलेको समय सुहाउदो छैन । युवाहरुसँग जोड्ने खालको छैन । यो त के हो भने, काले काले मिलेर खाउ भाले भनेजस्तै आफ्ना कार्यकर्तालाई पोस्ने, आफ्नो परिवार वरीपरीका मान्छे पाल्न केन्द्रीत भएको देखिन्छ ।

Navjiwan hospital adv

यसबाट देश र जनताले पार पाउने, सुख पाउने वाला छैनन् भन्ने कुरा जगजाहेर नै छ । अर्को कुरा के हुन्छ भने हामी युवा र विद्यार्थी समाजलाई समृद्ध बनाउछौँ भनेर लागिरहेका यात्री हौँ । सम्पूर्ण युवाहरुलाई आह्वान गर्न चाहान्छु, हामीले भनेका कुरा सरकारले लागु गर्छ की गर्दैन त्यो फरक पक्ष हो तर हामीले जनतामा जनचेतना, जागरण जगाउने, सरकारका हरेक कमीकमजोरीमाथि निगरानी गरेर आन्दोलनका रुपमा खबरदारी गर्न छोड्नु हुँदैन् ।

देशैभरमा एसपीपी, लिपुलेक वा कालापानीका सन्दर्भमा होस्, हरेक पटक मूल्य बृद्धि गर्दा समेत दबाब र जागरण अभियान मार्फत यो सरकारलाई खबरदारी गरेका पनि छौँ । त्यसैले म सम्पूर्ण युवा र विद्यार्थीलाई यो कार्यमा सक्रिय भएर भूमिका खेल्न आग्रह गर्दछु ।

नेपालमा राजनीतिक दलले क्रान्ति गरेर लोकतन्त्र ल्याए तर के यहाँ आर्थिक क्रान्ति सम्भव छैन र ?

अब धारणाहरु परिवर्तन गर्न जरुरी भइसकेको छ । तपाईलाई लाग्न सक्छ पार्टी प्रतिपक्षमा हुँदा सडकमा आन्दोलन गर्ने, राँके जुलुस निकाल्ने काम गरिरहनुभएको छ तर सरकारमा हुँदाखेरी केही पनि गर्नुभएन । तपाई एक पटक हाम्रा दस्तावेज पल्टाएर हेर्नुस् हामीले तत्कालीन सरकारलाई दिएका सुझावहरु ग्रहण गरेर लागु भएको अवस्था छ । जस्तै, कमरेड केपी शर्मा ओली प्रधानमन्त्री र कमरेड विष्णु पौडेल अर्थमन्त्री भइरहदा हाम्रो सर्टिफिकेटको मूल्य दिनुस् । डिग्रीको सर्टिफिकेट बोकेर खाडी मुलुकमा पसिना बेच्न बाध्य भएका युवाहरुलाई शैक्षिण प्रमाण पत्र धितो राखेर ऋण लिने व्यवस्था गर्नुस् भनेर माग राख्यौँ ।

आन्दोलनका रुपमा धेरै पटक ज्ञापन पत्र बुझाएका थियौँ । बजेट निर्माणका बेला समेत सुझाव दिएपछि अहिले त्यो माग पूरा भएको छ । ज्ञापनपत्र बुझाउदा नै सरकारले सुन्छ भने हामीलाई सडक आन्दोलन चर्काउने रहर छैन । आज हामी त्यो मान्द्रैनौँ । हामीले बेलाबखत विभिन्न लडाइँ गरेपनि त्यसले कर्तव्य बोध गराउन सकेन । अब हामी कर्तत्वसहितको अधिकारको पक्षमा छौँ ।

यो देशका ठुला क्रान्तिमा विद्यार्थीको महत्वपूर्ण भूमिका रह्यो । प्रणालीका विरुद्धमा पनि आन्दोलन भए । क्रान्तिका बलमा लोकतन्त्र, गणतन्त्र ल्यायौँ तर जनताको जीवन स्तर, चेतनामा परिवर्तन ल्याउन सकेनौँ । विकासका लागि सबैभन्दा ठूलो आर्थिक र कृषि क्रान्ति हो । तर कृषिमा हामीले फड्को मार्न सकेनौँ । यसकारण पनि अब आर्थिक समृद्धिका लागि क्रान्ति आवश्यक छ ।

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दैछ । निर्वाचन परिणाम कस्तो आउँला ?
सरकारले ढिलै भएपनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । यसलाई हाम्रा पार्टी नेकपा एमालेले स्वागत गरिसकेको छ । यो चुनावमा एमाले कसरी जान्छ भन्ने कुरा नेता कमरेडहरुले रणनीति बनाइरहनुभएको छ । हामी हाम्रो पार्टी सदैव सत्तामा बस्नुपर्छ भन्ने पक्षमा छैनौँ । हारजीत समान्य कुरा हो । तर यो पाँच दलीय गठबन्धनले जनताको पक्षमा काम गरेको छ की छैन ? लोतकन्त्रको पक्षमा काम गरेको छ की छैन ? लोकतन्त्रमा हुनुपर्ने चुनाव गराएको छ की छैन ? भन्ने प्रश्न हो । स्थानीय तहको निर्वाचनको मिति पनि अनेरास्ववीयुले आन्दोलन गरेपछि मिति तोकेको सरकारले सत्ताको दुरुपयोग गरेको छ । तरपनि नेकपा एमालेलाई यो गठबन्धनले केही फरक पर्नेवाला छैन ।

चुनावमा राज्य आतंक होइन भयरहित वातावरणमा जनताले भोट हाल्ने व्यवस्था गरोस् । बाजुराको बुढीगंगा नगरपालिकाको चुनाव हेरौँ । उहाँहरुले एउटा वडामा बुथ कब्जा भयो भन्दै राज्य आतंक देखाएर पूरै पालिकामा पुनः निर्वाचन गराए । ११ सय मतदाता भएको ठाउँमा पाँच सय पुलिस पठाउने राज्य कस्तो हुन्छ ? जिल्ला इन्चार्ज डीएसपी भएको ठाउँमा तीन–तीन जना एसपी एसएसपी पठाउने कारण के हो ? तर जनार्दन जनताले त्यो आंतकलाई परास्त गरिदिए ।

अगामी चुनावमा पनि जनताले यसरी नै सही निर्णय गरेर एमालेलाई विजयी गराउनेछन् । गठबन्धनले कुनै फरक पर्नेवाला छैन । नेकपा एमालेले साढे ३ वर्ष सरकार चलाउदा जनताका पक्षमा गरेका काम असंख्यक छन् तर परमादेशी सरकारले एक वर्षसम्म गरेका औँलामा गन्न सकिने १÷२ काम देखाउनुस् । अब कुन पार्टीले देश बनाउछ भन्ने कुरा गुण र दोषका आधारमा जनताले निर्णय गर्नुपर्छ ।

तपाई पनि अगामी मंसिरमा अछामबाट प्रदेशसभाको चुनाव लड्दै हुनुहुन्छ भन्ने चर्चा छ नी खास कुरा के हो ?

होइन । मैले अनेरास्ववीयुको आन्तरिक चुनाव बाहेक संसदीय निर्वाचन लड्ने सोचेको छैन । मेरो जिल्लामा म भन्दा धेरै सिनियर नेताहरु हुनुहुन्छ । अहिलेसम्म संसदीय चुनावमा जान्छु भनेर वषौँदेखि पार्टीमा योगदान गरेका नेताहरु हुनुहुन्छ । अहिले उहाँहरु नै लड्नुहुन्छ । आवश्यकता महसुस गरेर पार्टीले तपाई जानुपर्छ भनेपछि प्रदेश वा संघ जुनसुकै दिदा पनि म चुनाव लड्न सक्छु तर अहिले म नै हुनुपर्छ भन्ने हुदैन् ।

याे पनि हेर्नुस्
Loading...