२३ पुस, धनगढी । बैतडी भाषामा टिकटक बनाएर स्टार बनेका गायक जे आर भट्टको ‘मेरि इजु’ बोलको देउडा गित सार्वजनिक भएको छ ।
भट्टको आफ्नै युट्युब च्यानल मार्फत शुक्रबार गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । जे आर भट्टकै शब्द, सिर्जनामा रहेको गितमा भट्ट र गायिका गौरी भट्टले स्वर दिएका छन् ।
गितको संगित संयोजन भने प्रिज्म स्टुडियोमा भुमिराज थापाले गरेका हुन् । सुदूरपश्चिमका गाउँघरमा गाइने मौलिक मेरि इजुको भाकामा संकलन गितलाई मौलिकपन दिइएको छ ।
एक जना छोरी पराई घर जादा हुने पिडालाई गितमार्फत समेट्ने प्रयास गरिएको छ । सुदूरपश्चिमको मौलिकतालाई गौरब जोशी र जे आर भट्टले डोटेली भाषाको ¥याप मार्फत समेत दर्शाएका छन् ।
भिडियो हेर्नुस्