‘नसानाडी’को छायाँकन सुरु

Nisharg hospital
krishi add

१२ माघ, धनगढी । जनचेतना सञ्चार समूहद्वारा सञ्चालित हाँस्यटेली सिरीयल ‘नसानाडी’को छायाँकन सुरु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ मा को राजघाटमा ‘नसानाडी’को छायाँकन सुरु गरिएको संस्थाका अध्यक्ष विजयराज जोशीले जानकारी दिए । बिहीवार एक  कार्यक्रमका बिच सिरीयलको छायाँकनको काम थालिएको उनले बताए ।

swostik

उक्त सिरीयलले समाजमा भएका विकृति, बिसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगायतका कुराहलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माताले जनाएका छन् ।

सिरीयलको कथारपटकथारसम्बादरलेखन र निर्देशन निखिल आचार्य, दीर्घ शाही र विजय जोशीको हुने छ भने छायाँकन देवेन्द्र पाण्डेले गरेका छन् । न्युज नेपाल टेलिभिजनले सिरियलको प्रसारण गर्ने छ । फागुन १५ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुनेछ ।

सिरीयलमा निखिल आचार्य, दीर्घबहादुर शाही, सुदिप थापा, विजयराज जोशी, नरेश प्रसाद जोशी, मोहन पनेरु, सुरज चन्द, जमुना साउँद, सीता चौधरी, सृजना भट्ट लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

सोको ओपनिङ गितमा स्वर संगीतरसंगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवा निसा दहितले दिएकी छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...