बैतडीमा बँदेललाई थापेको पासोमा चितुवा परेपछि…

cp new add
Nisharg hospital
suchana
Nast new

१ भदौ, बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका(४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार बुधबार बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।’

उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ । ‘त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ’, कँडेलले भने।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...