सम्पत्तीमा नवजीवन सहकारी नेपालमा शिर्ष १० स्थानमा

cp new add
Nisharg hospital
suchana

धनगढी । वित्तीय पोस्टले मुलुकमा हाल विद्यमान सहकारीमध्ये कूल सम्पत्तिको आधारमा शिर्ष १० सहकारीको सूची सार्वजनिक गरेको छ ।

वित्तीय पोस्टले ३१ हजार ३ सय ६३ सहकारीमध्ये कूल सम्पत्तिको आधारमा कैलालीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थालाई शिर्ष १० मा राखेको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले ‘ग्लोबल थ्री हन्ड्रेड’ भनेर प्रत्येक वर्ष विश्वका ३ सय ठूला सहकारीको सूची प्रकाशित गर्ने गरेको छ ।

आईसीले बार्षिक कारोबार र कुल गाहस्र्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपातलाई आधार मानेर ‘वल्ड कोप मनिटर’ नामक ठूला सहकारीहरुको सूची प्रकाशन गर्न लागेको १३ वर्ष भैसकेको छ ।

तगडा तथ्याङक नभएको नेपालमा भने सरकारदेखि सहकारी अभियान कसैले पनि चित्त बुझ्दो सहकारी तथ्याङ्क प्रकाशन गर्न नसकेको अवस्था छ । यसै सन्दर्भमा वित्तीय पोस्टले कुल सम्पत्तिलाई आधार मानेर मुलुकका १० ठूला सहकारीको सूची प्रकाशित गरेको हो ।

१० सहकारीहरुमध्ये स्वाभाविक रुपमा सबैभन्दा बढी अर्थात् ६ बचत तथा ऋण सहकारीहरु सूचीमा परेका छन् । सूचीमा २ बहुउद्देश्यीय र २ अन्य सहकारी छन् । प्रदेशको आधारमा कोशी ३, बागमती ३, गण्डकी १, लुम्बिनी १ र सूदूरपश्चिम प्रदेशका २ सहकारी संस्था रहेका छन् । टप टेन सहकारीहरुमध्ये ५ जिल्लाका छन् ।

नवजीवन सहकारी संस्थाको अवस्था कस्तो छ ?

कैलाली जिल्लाको धनगढी स्थित नवजीवन सहकारी संस्थाको कुल सम्पत्ति ६ अर्ब १४ करोड ७५ लाख पुगेको छ । संस्थामा ३३ हजार ६ सय ७७ जना सदस्य आवद्ध छन् ।

संस्थाको सेयर पुँजी २९ करोड ३५ लाख, जगेडा कोष ४१ करोड १ लाख, विभिन्न कोष ८ करोड ३ लाख रहेको छ । संस्थाको कुल बचत ४ अर्ब ७९ करोड १४ लाख र कर्जा लगानी ४ अर्ब ५६ लाख रहेको छ ।

फागुन मसान्तसम्म संस्थासँग १ अर्ब ३६ करोड ९२८.३८० प्रतिशत तरलता रहेको छ । ४३ करोड ३५ लाख संस्थागत पुँजी रहेको नवजीवनबाट ४ हजार ५ सय १६ जनाले कर्जा उपभोग गरिरहेका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...