press
po

एमालेको असहमतिकाबीच धनगढी उपमहानगरको बजेट बहुमतले पारित

cp new add
Nisharg hospital
dhanga
Rubic

२० असार, धनगढी । नेकपा एमालेको असहमतीकाबीच धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ल्याएको बजेट बहुमतले पारित गरिएको छ । सोमबार बसेको आठौं नगर सभाको बैठकले उपमेयर कन्दकला रानासहित एमालेका नगरसभा सदस्यहरुको विमतीका बीच बजेट बहुमतले पारित गरेको हो ।

sanjiwan
Nisharg
Nav

नगरध्यक्ष तथा मेयर गोपाल हमालले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन । तर उपमेयर रानाले आफू योजना तर्जु समितिको संयोजक भएपनि बाइपास गरेर मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बजेटमा एकलौटी गरेको आरोप लगाउँदै छलफलमा भाग नलिने बताएकी थिइन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उपमेयर रानाले नगरसभाको सोमबारको बैठकले जबरजस्ती बजेट पारित गरेको भन्दै उक्त निर्णयमा सहमती नभएको प्रतिक्रिया दिएकी छन् । रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया मिचेर एकलौट रुपमा आएको बताएपछि दुई पक्षबीच बैठकमा चर्काचर्की हुँदा केही बेर बैठक स्थगीत समेत भएको थियो । गत असार १० गतेको नगरसभा बैठकमा उपमेयर रानाले अगामी आर्थिक वर्ष २०७९÷८० का लागि एक अर्ब ८३ करोड बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...