press
po

धनगढी उपमहानगरपालिकाले मेयर चढ्ने गाडी स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने

cp new add
Nisharg hospital
dhanga
Rubic

२२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवासुविधा नलिने घोषणा गरेअनुसार विगतमा मेयरले चढ्दै आएको उपमहानगरपालिकाको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ ।

sanjiwan
Nisharg

मेयर हमालले लक्ष्मी नारायण मन्दिरका श्री १००८ स्वामी देवराज आर्चायमार्फत उक्त गाडीको चावी स्वास्थ्य शाखाका प्रमुख कृष्णराज बोहरालाई हस्तान्तरण गरेका छन् । मेयरमा निर्वाचित भएदेखि नै निजी गाडी चढ्दै आएका हमालले उक्त सरकारी गाडी १९ वटै वडामा मासिक रुपमा सञ्चालन गरिने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग गरिने बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

उनले मासिक कार्यतालिकाअनुसार भाटभटेनी सुपरमार्केटसँगको सम्झौताअनुसार विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालनबाट नगरबासीले स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवाको लाभ लिन सक्ने बताए । ‘ग्रामिण भेगमा बिरामी भए मानिसहरु कुखुरा बिक्रि गरेर उपचार गर्न अस्पताल आउने गर्छन तर कुखुरा छैन भने औषधी गर्न नआएर रोग बोक्न बाध्य हुन्छ,’ हमालले भने, ‘अब हामीले स्वास्थ्य शाखाले बनाएको क्यालेन्डरअनुसार मासिक रुपमा वडा–वडामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेमा विस्तारै त्यो बाध्यता हट्छ ।’

HAMRO DAIRY

उनले सबै वडामा एक जना कन्सल्टेन्ट फिजिसियन र एक जना स्त्री रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिने बताउँदै विस्तारै सेवालाई थप सुदृढ गरेर लैजाने बताएका छन् । ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियान अन्तरगत औंषधी समेत निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने योजना पनि बनाइरहेको उनको भनाई छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णराज बोहराले साउन १ गतेदेखि धनगढीका सबै वडामा तालिका अनुसार स्वास्थ्य निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने बताए ।

उनकाअनुसार प्रत्येक महिनाको १, २, ३, गते क्रमशः वडा नम्बर १९, १८ र १४, ७, ८, ९ र १० गते क्रमशः १७, १६, १५ र ७, १२, १३, १४ क्रमशः १३, ११ र ६, १६, १७, १८ र १९ गते क्रमशः १२, ९, १० र ८, २१, २२, २३ गते क्रमशः १, २ र ३ तथा २६, २७ गते वडा नम्बर ४ र ५ मा विशेषज्ञ स्वास्थ्य सेवाका लागि निःशुल्क शिविर सञ्चालन गरिनेछ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...