press
po

कञ्चनपुर–कैलालीमा लागुऔषधसहित ७ जना पक्राउ 

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा प्रहरीले एकै दिन लागुऔषध खैरो हेरोइनसहित सात जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये दुई जना किशोरसमेत छन्।

sanjiwan
Nisharg

शुक्रबार साँझ साढे ७ बजेको समयमा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलमा खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो। सो क्रममा होटलको कोठा नम्बरमा लुकीछिपी बसेका पुनर्वास–६ का ५० वर्षीय दीपक विसी र दार्चुला महाकाली नगरपालिका–३ का ४२ वर्षीय नरसिंह महरालाई पक्राउ गरिएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीका अनुसार उनीहरूको साथबाट कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा २७३ ग्राम २६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ। दुबै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

HAMRO DAIRY
Nav

कैलालीमा फरक–फरक ठाउँबाट ५ जना पक्राउ

शुक्रबार राति धनगढी उपमहानगरपालिका–३ शहीद गेटबाट २७ वर्षीय जीवन चौधरीलाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ५२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारिएको प्रहरीले जनाएको छ। चौधरीलाई अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी साँझ ५स्३० बजेको समयमा टिकापुर नगरपालिका–९ स्थित खक्रौला चेकपोष्टमा शंकास्पद रुपमा पैदल हिँडिरहेका १८ वर्ष र १५ वर्षका दुई किशोरलाई प्रहरीले चेकजाँच गर्दा ७५० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। उनीहरू पशुहाटबजार क्षेत्रका बासिन्दा रहेको जनाइएको छ। दुवै किशोरलाई इलाका प्रहरी कार्यालय टिकापुरको टोलीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी  धनगढी उपमहानगरपालिका–१० स्थित घुईयाँघाटबाट स्थानीय २२ वर्षीय सरोज रानालाई प्रहरीले शंका लागि चेकजाँच गर्दा १५० मिलिग्राम खैरो हेरोइन फेला पारेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै व्यक्तिलाई लागुऔषध नियन्त्रणसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। सुदूरपश्चिमका सीमा क्षेत्र तथा शहरहरूमा पछिल्लो समय लागुऔषध कारोबार बढ्दो देखिएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...