press
po

धनगढीमा भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता २०८१ आयोजना हुँदै

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । बाजुरेली समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता २०८१ धनगढीमा आयोजना हुने भएको छ। उक्त महोत्सव धनगढी रङ्गशालाको प्राङ्गणमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

sanjiwan
Nisharg

बाजुरेली सेवा समाज धनगढी, कैलालीको आयोजनामा तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको प्रायोजकत्वमा महोत्सव पुस ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ। यस सम्बन्धमा आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

महोत्सव अन्तर्गत सञ्चालन हुने भुवाचाली खेल प्रतियोगितामा सहभागी विभिन्न टोलीबीच प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, सहभागी सबै टोलीलाई १०–१० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

HAMRO DAIRY

आयोजकका अनुसार भुवा पर्व बाजुरेली समाजको पहिचानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस किसिमको महोत्सवले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति चिन्न र संरक्षणमा सक्रिय रूपमा जोडिन प्रेरणा दिने विश्वास लिइएको छ। महोत्सवमा भुवाचाली खेलसँगै सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति तथा समुदायबीच आपसी सद्भाव सुदृढ गर्ने विभिन्न गतिविधिहरू समेटिने बताइएको छ।

आयोजकले सम्पूर्ण कला–संस्कृति प्रेमी, खेलप्रेमी तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेका छन्।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...