गेटामा मेडिकल विश्वविद्यालय बनाउन गठबन्धन सरकार बाधक बन्यो : भट्ट

cp new add
Nisharg hospital
suchana

४ कात्तिक, धनगढी ।नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गठबन्धन सरकारले गेटमा मेडिकल विश्व विद्यालय बनाउन रोक्ने काम गरेको आरोप लगाएका छन ।

एमाले क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका उनले चुरे गाउपालिका–६ को धनेडीमा कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रममा बोल्दै  विभिन्न बाहाना वनाएर मेडिकल विश्व बिधालय बनाउने काम अल्झाएको बताए ।

नेकपा एमालेको सरकार हुँदा विश्व विद्यालय सञ्चालनका लागि पहल गरेपनि अहिलेको सरकारले गेटालाई अस्पतालको रूपमा सञ्चालनमा ल्याएको उनको भनाई थियो ।
प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज लैजान लागेको बताउदै उनले डडेल्धुरामा मेडिकल कलेज बनाउँदा कुनै आपत्ति नभएपनि गेटामा मेडिकल विश्वविद्यालय हुनै पर्ने बताए ।

यस्तै क्षेत्र नम्वर ४ प्रदेश (ख) का उमेदवार हरि सिह साउदले नेकपा एमालेले गरेका काम हेर्न गाउँ गाउँ जान अनुरोध गरेका छन । उनले बजारमा बसेर विकास हेर्न भन्दा विकटमा गाउमा पुगेका सडक, स्वास्थ्य चौकि विद्युत लगायतका बिकास हेर्न अनुरोध गरे ।

एमाले सरकारमा हुँदा गरेका काम देखेर अहिलेको गठबन्धन सरकार डराएको बताउदै उनले एक्ला एक्लै निर्वाचन होमिदा हार्ने डरले गठबन्धन गरेको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...