
५ कात्तिक, बुटवल । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
चारनम्बर जितपुरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिंदा दुर्घटनामा परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामीको मृत्यु भएको छ, भने दुर्घटनामा घाइते ७ जनामध्ये तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । ४ जनाको सामुदायिक अस्पताल चार नम्बरमा उपचार भइरहेको छ ।

