कैलाली–२ मा एमालेका झपट रावल चुनाव जित्छन् ?

cp new add
Nisharg hospital

५ कात्तिक, धनगढी । २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका झपटबहादुर रावल पुनः चुनाव जित्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका छन् । २०७४ सालमा एमाले छाडेर कांग्रेसबाट टिकट लिएर उनीसँग प्रतिस्पर्धा गरेका एमालेका पूर्व नेता तथा संविधानसभा सदस्य मोहनसिंह राठौरलाई पराजीत गरेका रावल दोस्रो पटक प्रतिनिधिसभाको यात्रा तय गर्ने योजनामा छन् ।

Telecome

२०७० को चुनावमा एमालेबाटै संविधानसभा सदस्यको निर्वाचन जितेका राठौरलाई भारी मतान्तरले हराएका रावलसँग प्रतिस्पर्धा गर्न माओवादी केन्द्रले भगत बडुवाललाई गठबन्धनकातर्फबाट उम्मेदवार बनाएको छ ।

बडुवालसँगै नागरिक उन्मुक्ती पार्टीका अरुण चौधरी पनि प्रतिस्पर्धामा उत्रिएका छन् । स्थानीय तहको मतलाई हेर्दा यो क्षेत्रमा नेकपा एमाले नै सबभन्दा ठूलो पार्टी हो । तर हालै तत्कालीन जिल्ला अध्यक्ष रतन थापा लगायतका केही नेताहरु गठित नागरिक उन्मुक्ती पार्टीमा लागेका छन् ।

एमालेले कारवाही गरेर अध्यक्षबाट हटाइएका थापा अहिले नागरिक उन्मुक्ती पार्टीका महासचिव छन् भने प्रदेशसभा(१) का उम्मेदवार छन् । यति मात्र होइन रावलकाविरुद्ध सत्तारुढ पाँच दलीय गठबन्धन भएकाले पनि उनलाई सहज रुपमा चुनाव जित्न सक्ने अवस्था भने छैन ।

तर रावल भने कैलाली–२ बाट आफूसँग राजनीतिक दलका प्रतिस्पर्धी नै नभएकाले चुनाव जित्ने दाबी गर्दै आएका छन् । राजनीतिक दलका हिसाबले आफू मात्र एकल उम्मेदवार भएको बताउने रावल भन्छन्, ‘स्पष्ट भिजन र एजेन्डा नभएर कोही जात र समुदाय विशेष त कोही व्यक्ति गठबन्धनको नाममा आएकाले एमालेको जित पक्का छ ।’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...