तिहारमा पनि एमाले सुदूरपश्चिमका अध्यक्ष भण्डारीको घरदैलो अभियान जारी

cp new add
Nisharg hospital

९ कात्तिक, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका प्रदेश अध्यक्ष दामोदर भण्डारीले तिहारका बेला समेत चुनावी घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा बैतडीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका भण्डारीले तिहारमा पनि अनवरत रुपमा मतदाता भेटघाटलाई जारी राखेका छन् ।

उनी जिल्लाका विभिन्न पालिकाका बस्ती–बस्तीमा पुगेर शुभ दिपावलीको शुभकामनासँगै मतदाताहरुसँग मत पनि मागिरहेका छन् भने उनीहरुका समस्याका विषयमा समेत छलफल गरिरहेका छन् ।

चुनावी घरदैलो अभियान अन्तरगत भण्डारीले बुधबार आफ्नै गृह नगर पाटन नगरपालिका–३ का मतदाताहरुसँग भेटघाट गरेका छन् । वडा नम्बर ३ को बुङडाको धुरा र बोहोरीगाउँका मतदाताहरुसँग सामूहिक भेटघाट गरेका भण्डारीले उनीहरुका समस्या र मागका बारेमा चासो राखेका छन् ।

सो क्रममा भण्डारीले मतदाताले उठाएका शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, खानेपानी लगायतका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । त्यहाँका स्थानीयले सबैभन्दा ठूलो समस्याका स्तरीय स्वास्थ्य सेवाको अभावमा उपचारका लागि डडेल्धुरा धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका थिए ।

भण्डारीले स्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा एमाले नेतृत्वको सरकारका पालामा साढे २ करोडका आधुनिक उपकरण खरिद गरेर पठाएको तर कांग्रेस नेतृत्वको स्थानीय सरकारका कारण अहिलेसम्म ती उपकरण सञ्चालनमा नआउदा सेवा प्रवाह नभएको बताए ।

उनले निर्वाचन जितेर गएपछि स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...