
११ कात्तिक, धनगढी । गाेदावरी नदीमा डुबर किशोरको मृत्यु भएको छ । गोदावरी नगरपालिका–११ कोलमुडामा नदीमा डुबेर धनगढी उपमहानगरपालिका सन्तोषी टोल बस्ने १६ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मछली नदीमा पौडी खेल्ने क्रम डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ ।
पौडी खेल्दा वेपत्ता भएका उनको खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

