बैतडीमा प्रअमाथि कालोमसो दलेर बेइज्जत गरेको आरोपमा महिलासहित ४ जना पक्राउ

cp new add
Nisharg hospital
suchana

धनगढी । बैतडीमा दुव्र्यवहार गरेको भन्दै प्रधानाध्यापकलाई कालोमसो र जुताको माला लगाएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शिवनाथ गाउँपालिका–४ को पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो लगाएर सार्वजनिक रुपमा बेइज्जत गराएको भन्दै प्रहरीले महिलासहितका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओझामाथि दुव्र्यवहार गरे(प्रेसपत्र)को आरोप लगाउने ३८ वर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले जानकारी दिए ।

उनकाअनुसार चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।

डीआईजी रानाले उनीहरुलाई कानुन बमोजिम कारवाही गरिने जानकारी दिए । पिपलकोट माध्यमिक विद्यालयमा (प्रेसपत्र)शिक्षकका लागि तारा महताले परीक्षा दिएकी थिइन् ।प्रधानाध्यापकलाई आर्थिक प्रलोभन देखाएर जसरी पनि उनलाई जागिर खुवाउन दबाब दिएका थिए ।

तर, पहिलो परीक्षामै उनी फेल भएकी थिइन् । त्यसपछि आक्रोशित बनेका महताको परिवारले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुताको माला लगाएर सार्वजनिक रुपमा बेइज्जत गरेका थिए ।

उनीहरुले ओझाको घाँटीमा म अपराधी हुँ भन्ने पम्प्लेट समेत हालेका थिए । तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे प्रहरीले चासो देखाएको थियो ।

सम्बन्धित समाचार

बैतडीमा प्रअमाथि कालोमोसो र जुताको मालाको रहस्य खुल्यो, परीक्षामा फेल भएकी महिलाको आरोपपछि घटना

बैतडीमा प्रअमाथि कालोमोसो लगाउनेलाई तत्काल पक्राउ गर्न डीआईजीको निर्देशन, खोजीमा जुट्यो प्रहरी

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...