
१८ कात्तिक, धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन् ।

एमालेले दार्चुलाबाट शुक्रबारदेखि सुरु गर्न लागेको देश व्यापी चुनावी अभियानलाई शुभारम्भ गर्न श्रीएयरलाइन्सको विमान मार्फत ओली बिहीबार राति धनगढी पुगेका हुन् ।
धनगढीस्थित रुवस होटलमा बसिरहेका ओली बिहान ११ बजे हेलीकोप्टर मार्फत दार्चुला प्रस्थान गर्ने कार्यतालिका रहेको छ । उनको सचिवालयकाअनुसार ओलीले दार्चुलाबाट देश व्यापी चुनावी अभियान शुभारम्भ गर्ने कार्यक्रम छ ।
अभियान अन्तरगत शुक्रबार नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने विशाल चुनावी आमसभालाई सम्बोधन गर्ने कार्य तालिका रहेको सचिवालयले जनाएको छ ।

