
१८ कात्तिक, चितवन । बोलेरो जीपको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ ।

चितवनको कालिका नगरपालिका–७ गैंडाखोलामा गएराति बोलेरो जीपले ठक्कर दिदा गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीन बहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।

