दार्चुला पुगेर ओलीले भने– मिचिएको एक इन्च भूमि अर्कालाई छाड्ने छैनौँ

cp new add
Nisharg hospital

१८ कात्तिक, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् । दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उनले भने उनले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए ।

Telecome

उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’ उनले दार्चुलाको समस्या आफूले बुझेको बताए ।

ओलीले कालापानी, लिपुलेक र लिम्पिया धुरा फिर्ता ल्याएरै छाड्ने दाबी गर्दै कित्र्ते खोल्सीलाई महाकाली भनेर उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पिया धुरा मिचेको जिकिर पनि गरेका छन् ।

विकास, समृद्धि र स्थिरताका लागि एमालेलाई मत दिन आह्वान गरेका ओलीले एमाले ६÷७ दल मिलेर बनेको स्वार्थको गठजोड नभएर राष्ट्रिय शक्ति भएको समेत उल्लेख गरेका छन् । राष्ट्रिय शक्तिलाई बलियो बनाउन गठबन्धन नभएर एमालेलाई मत दिनुपर्ने उनको भनाई थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...