केपी ओली भन्छन् : मंसिर ४ मा गठबन्धन वाईवाई एमाले हाईहाई

cp new add
Nisharg hospital

१८ मंसिर, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनपछि अहिलेको गठबन्धन सरकारलाई जनताले विदा दिने बताएका छन् ।

Nast Ad

नेकपा एमाले बैतडीले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अगामी निर्वाचनमा जनताले परमादेशको सरकारलाई हटाएर जनादेशको एमाले नेतृत्वको सरकार बनाउने बताएका हुन् । ओलीले एमाले सरकारलाई झुठा मुद्दा लगाएर हटाइएको दाबी समेत गरेका छन् तर जनताले त्यसको जवाफ दिने उनको भनाइ छ ।

‘अदालतमा कित्र्ते मुद्दा हालेर, असंवैधानिक मुद्दा लगाएर जनआदेशको सरकारलाई हटाएर परमादेशको सरकार बनाइयो तर मंसिर ४ मा जनताले गठबन्धन वाइवाइ एमाले हाइहाइको फैसला गर्नेछन् । त्यसपछि फेरी एमालेले केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउनेछ।, ’ ओलीले भने ।

ओलीले विकास र समृद्धिका लागि बैतडीमा एमालेका दामोदर भण्डारीसहित दुवै प्रदेशसभाका उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरेका छन् । उनले जनताकातर्फबाट भन्दै भण्डारीलाई विजयीको माला समेत लगाइदिएका छन् । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिमका लागि केही नगरेको ओलीले आरोप लगाए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...