काटै–सेती लोकमार्ग जोड्ने सडकका लागि बजेट माग

cp new add
Nisharg hospital

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१, सिमचौरस्थित काटै पोखरतोला हुँदै कर्णाली–सेती लोकमार्गसँग जोडिने सडक निर्माण सम्पन्न गर्न स्थानीयवासीले गाउँपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा आवश्यक रकम विनियोजन गर्न माग गरेका छन्।

Nast Ad

वडा नं. १ कार्यालयले गाउँपालिका अध्यक्षलाई पठाएको सिफारिस पत्रमा विगतका आर्थिक वर्षमा बजेट विनियोजन भएर सडक कटिङको काम सुरु भए पनि सडक अझै सेती लोकमार्गसम्म नपुगेको उल्लेख गरिएको छ। वडा अध्यक्ष खेमबहादुर मगरले उक्त सडक बोगटान क्षेत्रका नागरिकको आवागमन, विकास तथा आर्थिक गतिविधिका लागि अत्यन्त महत्वपूर्ण रहेकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी आवश्यक बजेट विनियोजन गर्न गाउँपालिकासमक्ष सिफारिस गरिएको जानकारी दिए।

स्थानीयवासीले बुझाएको ज्ञापनपत्रमा उक्त सडक काटै बस्तीका लागि मात्र नभई समग्र बोगटान क्षेत्रको विकास, वन पैदावारको ढुवानी, पूर्वाधार निर्माणका लागि आवश्यक सामग्रीको सहज आपूर्ति, कृषि उत्पादनको बजारीकरण तथा पर्यटन प्रवर्द्धनका लागि समेत महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। सडक सेती लोकमार्गसँग जोडिएपछि स्थानीय नागरिकको आवागमन सहज हुने, आर्थिक गतिविधि विस्तार हुने तथा समग्र क्षेत्रको आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताको आवश्यकता पहिचान गरी सडक निर्माणलाई प्राथमिकतामा राख्दै आवश्यक बजेट विनियोजन गर्न आग्रह गरिएको छ।

ज्ञापनपत्रमा जितबहादुर मलासी, भोजराज जोशी, इन्दु बोहरा, उमानसिंह बोहरा, खड्कबहादुर बोहरा, डम्मरसिंह बोहरा, भीमबहादुर बम, टेकबहादुर खड्का, लालबहादुर बम, प्रकाश बम, ठम्मानसिंह बम, गगन नेपाली, भक्त नेपाली, दलबहादुर विक, शेरबहादुर विक, सुरेश विक, अमरसिंह खड्का, नरेशबहादुर विक, मेघसिंह विक, भजनसिंह खड्का, दानबहादुर बोहरा, टेकबहादुर बोहरा, मोहनसिंह बोहरा, लालबहादुर बोहरा तथा कृष्णबहादुर बोहरालगायत २०० जनाको स्थानीयवासीको हस्ताक्षर रहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...