देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र तराईमा हावाहुरीको चेतावनी

cp new add
Nisharg hospital

काठमाडौं । आज दिउँसोदेखि रातिसम्म देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार देशभर साधारणतया देखि अधिकांश स्थानमा बदली रहनेछ भने पहाडी, हिमाली र तराईका विभिन्न क्षेत्रमा मेघगर्जन तथा चट्याङ्गसहित वर्षा हुने सम्भावना छ।

Nast Ad

दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

रातिको समयमा देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान, मधेश प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा, यात्रु तथा किसानलाई आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...