सुदूरपश्चिममा सत्तारुढ एमालेकै सांसदद्धारा खर्च कटौतीको प्रस्ताव, सरकारमाथि नैतिक संकट !

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि सत्तारुढ दलकै सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् । शुक्रबार नेकपा एमालेका उप नेता सन्तोश शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सांसद दमन सिंह भण्डारीले खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।

Nast Ad

विषयगत मन्त्रालयअनुसार खर्च कटौतीको प्रस्ताव पेश गरेका उनीहरुले सम्बन्धीत मन्त्रालयको समग्र बजेटलाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव दर्ता गराएको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

एमाले उपनेता थापाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रमुख सचेतक मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालय र सांसद भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटमा खर्च कटौतीको प्रस्ताव पेश दर्ता गराएका हुन् । २३ असारमा बसेको एमाले संसदीय दलको बैठकले विषयगत मन्त्रालयअनुसार नै खर्च कटौतीको प्रस्ताव प्रदेश सभामा लैजाने निर्णय गरेको थियो ।

बैठकले यी बाहेकका आर्थिक मामिला मन्त्रालयमा दल नेता राजेन्द्र सिंह रावल, सामाजिक विकासमा धर्मराज पाठक र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा जानकी ऐर बमले खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३७ अर्ब बराबरको बजेट ल्याएको थियो । तर, सत्तारुढ दलभित्रै बजेटमाथि चर्को असन्तुष्टि छ । विवादको समाधान खोज्न भन्दै कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले लेखा आयोग अध्यक्ष डा.पुष्प कँडेलले सुदूरपश्चिम आएर छलफल गरेका थिए ।

संसदीय परम्पराअनुसार विपक्षी दलले बजेटमा खर्च कटौती प्रस्ताव दर्ता गर्ने अभ्यास छ तर सुदूरपश्चिममा भने सत्तारुढ दलले नै उक्त प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकारमाथि नैतिक संकटको प्रश्न उठेको छ ।

Navjeen New Ad
Loading...