
धनगढी । कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको जोशीपुर गाउँपालिकामा १३ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा जोशीपुर–३ को लक्कड बस्ने २० वर्षीय अन्नु कठरिया पक्राउ परेको प्रहरीले जनाएको छ ।
किशोरीमाथि जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

