सिरहामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो

cp new add
Nisharg hospital

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।

Nast Ad

आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको छ । केहीबेर अघिमात्रै उक्त शव उठाएर लगिएको हो ।

झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अझै पनि प्रदर्शन रोकिएको छैन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...