कैलाली बहुमुखी क्याम्पसको खेल मैदानमा बाहिरी व्यक्तिको प्रवेश निषेध

cp new add
Nisharg hospital

धनगढी : धनगढीको कैलाली बहुमुखी क्याम्पसले आफ्नो खेल मैदानमा अनधिकृत रूपमा बाहिरी व्यक्तिको प्रवेशमा प्रतिबन्ध लगाएको छ। क्याम्पस प्रमुख डा. लोकबहादुर विष्टद्वारा २०८३ साउन १२ गते जारी सूचनामा खेल मैदान विद्यार्थीहरूको नियमित खेलकुद, शारीरिक शिक्षाका कक्षा, आन्तरिक तथा बाह्य खेलकुद प्रतियोगिता तथा अन्य शैक्षिक गतिविधिका लागि मात्र प्रयोग हुने क्याम्पसको शैक्षिक सम्पत्ति भएको उल्लेख गरिएको छ।

Nast Ad

क्याम्पस प्रशासनका अनुसार पछिल्लो समय अनुमति बिना बाहिरी व्यक्तिहरू खेल मैदानमा प्रवेश गर्ने, हिँडडुल गर्ने तथा विभिन्न शैक्षिक गतिविधिमा अवरोध पुर्‍याउने घटना बढ्दै गएका छन्। यसका कारण पठनपाठन र शैक्षिक वातावरण प्रभावित हुनुका साथै क्याम्पसको भौतिक सम्पत्तिमा क्षति पुगेको र प्राध्यापन कार्यसमेत प्रभावित भएको जनाइएको छ।

क्याम्पसले जारी सूचनाको अवज्ञा गर्दै अनाधिकृत रूपमा खेल मैदानमा प्रवेश गर्ने व्यक्तिमाथि क्याम्पसको नियमावली तथा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, क्याम्पसको शैक्षिक वातावरणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सबै सरोकारवालासँग सहयोग र समझदारीको अपेक्षा गरिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...