खल्तीबाट घरमै बसेर ब्लुबुक नवीकरण सेवा पुन: सुरु, शुल्क पनि घट्यो

cp new add
Nisharg hospital

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले केही महिनाअघि स्थगित गरेको ‘ब्लुबुक नवीकरण’ सेवा पुन: सञ्चालनमा ल्याएको छ । कानुनी प्रक्रियासम्बन्धी अन्योलका कारण रोकिएको उक्त सेवा अहिले पुनस् नियमित रूपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Nast Ad

खल्तीका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) प्रवीन रेग्मीका अनुसार सरकारी कार्यालयमा हुने बिचौलियाको गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालन गरेको अभियानपछि कानुनी अवस्था स्पष्ट नभएकाले चैतको अन्तिम सातादेखि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो । अहिले आवश्यक स्पष्टता आएपछि सेवा पुनस् सञ्चालनमा ल्याइएको उनले बताए ।

कम्पनीका अनुसार सेवाग्राहीले अब यातायात व्यवस्था कार्यालयमा पुगेर लामो लाइन बस्न, ट्राफिक जाम वा प्रतिकूल मौसमको सामना गर्नुपर्ने आवश्यकता छैन । घरबाटै कानुनी र सुरक्षित तरिकाले सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

सेवा लिन इच्छुक ग्राहकले खल्तीको ब्लुबुक सेवा नम्बर ९७१२०४९६१० मा मिस्ड कल गर्न सक्नेछन् । त्यसपछि कम्पनीका प्रतिनिधिले ग्राहकसँग सम्पर्क गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेछन् । त्यस्तै, ९८०१८९००८३ नम्बरमा ह्वाट्सएपमार्फत सन्देश पठाएर पनि सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

सेवाको अर्को विशेषता भनेको ग्राहकले आफैं कार्यालय धाउनु नपर्ने हो । कम्पनीका प्रतिनिधि ग्राहकले तोकेको स्थानमै पुगेर ब्लुबुक संकलन गर्नेछन् । त्यसपछि सम्बन्धित सरकारी यातायात कार्यालयमा आवश्यक कर भुक्तानी, बीमा नवीकरण तथा ब्लुबुकमा आधिकारिक छाप लगाउने सम्पूर्ण प्रक्रिया पूरा गरिनेछ । सबै प्रक्रिया सकिएपछि नवीकरण गरिएको ब्लुबुक तीनदेखि चार कार्यदिनभित्र ग्राहककै घरमा पुर्‍याइने कम्पनीले जनाएको छ ।

हाल यो सुविधा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध छ । सेवा शुल्क पनि पहिलेको तुलनामा घटाइएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे दुवै सवारीका लागि अहिले समान २५० रुपैयाँ सेवा शुल्क तोकिएको छ । यसअघि दुईपाङ्ग्रे सवारीका लागि ३५० रुपैयाँ र चारपाङ्ग्रे सवारीका लागि ५०० रुपैयाँ शुल्क लाग्ने व्यवस्था थियो ।

खल्तीले समयमै ब्लुबुक नवीकरण नगर्दा कानुनअनुसार जरिवाना तिर्नुपर्ने भएकाले समयमै नवीकरण गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । कम्पनीका अनुसार यस सेवाले आर्थिक भारबाट जोगिनुका साथै सरकारी कार्यालय धाउनुपर्ने झन्झट पनि हटाउनेछ ।

मिस्ड कल वा ह्वाट्सएप सन्देशबाहेक सेवाग्राहीले खल्ती एपको ‘Whats New’ सेक्सनमा रहेको ‘Bluebook Renewal विकल्पमार्फत पनि आफैं सेवा अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...