बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प

cp new add
Nisharg hospital

२४ कात्तिक, धनगढी । बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

Nast Ad

जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक म्याग्नीच्युड मापन भएको केन्द्रले जनाएको छ ।

यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो । डोटी लगाएतका सुदूरपहाडका जिल्लामा भौतिक क्षति भएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...