एलपी ग्यास कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ

cp new add
Nisharg hospital

काठमाण्डौँ । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बुद्धचोकबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्।
खाँदबारी–१ स्थित भोजपुरे भाडा पसलका सञ्चालक लोकबहादुर श्रेष्ठलाई सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

Nast Ad

श्रेष्ठले यही साउन २३ गते उक्त पसलबाट उपभोक्तालाई कायम बजार मूल्यभन्दा बढी प्रतिसिलिन्डर २ हजार ३०० रुपैयाँका दरले एलपी ग्यास बिक्री वितरण गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए। विशेष सूचनाका आधारमा प्रहरी टोलीले पसलमा जाँच तथा अनुसन्धान गर्दा तोकिएको बजार मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसुरमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...