
धनगढी । कैलालीमा खोलामा डुबेर किशोरीको मृत्यु भएको छ ।

चुरे गाउँपालिका–४ बस्ने अन्दाजी १४ वर्षीया जानकी पुन मगरको स्थानीय बाटेगडा खोलामा नुहाउने क्रममा डुुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई बेहोस् अवस्थामा उद्दार गरेर उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल पुगाइएको थियो । तर पुनमगरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

