कञ्चनपुरको बनबासा पुलबाट महाकालीमा हाम फालेका युवकको खोजतलास बिहानदेखि पुनः सुरु

cp new add
Nisharg hospital

कञ्चनपुर । नेपाल-भारत सीमा जोड्ने बनबासाको पुलबाट महाकाली नदीमा हाम फालेका युवकको खोजतलास शनिबार बिहान ७ बजेदेखि पुनः सुरु गरिएको छ ।

Nast Ad

दार्चुलाको लेकम गाउँपालिका-६ सिरोडा घर भई भारतमा काम गर्दै आएका २७ वर्षीय सुनिल खत्रीले शुक्रबार दिउँसो बनबासा पुलबाट महाकाली नदीमा हाम फालेका थिए । उनी बिहीबार मात्रै भारतबाट कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासीस्थित दिदीको घरमा आएका थिए ।

खत्रीले पुलबाट नदीमा हाम फालेको जानकारी पाएपछि भारतीय तथा नेपाली सुरक्षा निकायको समन्वयमा खोजतलास सुरु गरिएको थियो । राति अँध्यारो भएपछि खोजतलास रोकिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार रबरबोटसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिको संयुक्त टोली खोजतलासमा परिचालन गरिएको छ ।

महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको सुरक्षा निकायले जनाएको छ । शुक्रबार अबेर साँझसम्म रबरबोट प्रयोग गरी नदीका विभिन्न क्षेत्रमा खोजी गरिए पनि खत्रीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको थिएन । उपलब्ध स्रोतसाधनसहित नदीका सम्भावित क्षेत्रमा खोजी कार्यलाई शनिबार बिहानैदेखि निरन्तरता दिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...