
धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रहरीले फरार प्रतिवादी पक्राउ र लागूऔषध दुव्र्यशनी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ ।

प्रहरी नायब महानिरीक्षक(डीआईजी) सानुराम भट्टराईले प्रदेश प्रहरीको कमान्ड सम्हालेयता प्रदेशमा अभियानले थप तीव्रता पाएको छ ।
प्रहरीले असारमा मात्र प्रदेशभर विभिन्न मुद्दामा सजाय पाएर फरार अवस्थामा रहेका १३० जना प्रतिवादीलाई पक्राउ गरि कानुनबमोजिम कारवाहीका लागि सिफारिस गरेको छ ।
उनीहरुबाट २३ लाख ८९ हजार जरिवाना र ६२ वर्ष २ महिना १५ दिन कैद सजाय भुक्तान गरिएको छ । फरार प्रतिवादीसँगै प्रहरीले बढ्दै गएको लागूऔषध दुव्र्यशनी नियन्त्रण तथा न्यूनीकरण अभियानलाई पनि सक्रियतापूर्वक कार्यान्वयन गरिरहेको छ ।
असारमा मात्र लागूऔषध दुव्र्यशनीमा १६० जनालाई पक्राउ गरिएको प्रदेश प्र्रही कार्यालयले जनाएको छ । उनीहरु मध्ये चार महिला र अन्य पुुरुष छन् । उनीहरुको साथबाz तीन सय १४ ग्राम चरेस, १५९ ग्राम खैैरो हेरोइन, ६६३ ग्राम गाँजा बरामद गरिएको छ ।
पक्राउ परेकामाथि सम्बन्धी प्रहरी कार्यालयले अनुसन्धान गरिरहेका छन् ।

