‘यस्ता बारुला धेरै खाएको छु, डराएर बस्दिनँ’ : केपी ओली

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले आफू र आफ्ना समर्थकहरूलाई त्रासमा पार्न विभिन्न प्रकारका दबाब दिएको भन्दै आक्रोश पोखेका छन्।

Nast Ad
नगरकोटमा आयोजित जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै सरकार कसैलाई बदनाम गर्ने, जेल हाल्ने, सम्पत्ति जफत गर्ने तथा बैङ्क खाता रोक्का गर्नेजस्ता काममार्फत आर्थिक रूपमा सङ्कटमा पार्ने षड्यन्त्रमा केन्द्रित भएको दाबी गरे।
कुनै व्यक्ति वा व्यवसायीको कारोबार रोकिदिँदा त्यसको प्रत्यक्ष असर उद्योग–व्यवसाय, मजदुर, बैङ्क ऋण र घरभाडासम्म पर्ने बताए। कारोबार रोकिएपछि औजारहरू खिया लाग्ने, बैङ्कको ऋण बढ्दै जाने र मजदुरले पारिश्रमिक माग्ने अवस्था आउने भन्दै उनले यस्तो कदमले मानिसलाई गम्भीर आर्थिक सङ्कटमा पुर्‍याउने बताए। उनले आफूलाई पक्राउ गरेर अरूलाई त्रसित पार्ने प्रयास गरिएको आरोप पनि लगाए।
उनले भने, ‘मैले यस्ता बारुला मात्रै होइन, कति अरिङ्गाल खाएको छु। यी बारुलासँग म डराउँछ भन्ने कुरा उनीहरूलाई पनि लाग्दैन। तर अरूलाई तर्साउनका लागि केपी ओलीलाई समातेर थुनियो भने अरूको के हुन्छ? भनेर थर्कमान बनाउन खोजियो। यी बारुलाहरूले एक ठाउँमा यसो चिल्लान्, त्यो केही पनि हुँदैन, एकछिन दुख्ने हो। यी बारुलासँग डराएर देश सधैँ यिनीहरूका जिम्मा लगाउन सकिँदैन।’

उनले देशलाई पुनः सुशासन र विकासको बाटोमा अघि बढाउनुपर्ने बताए। अन्तर्राष्ट्रिय सम्बन्ध, छिमेकी सम्बन्ध तथा परराष्ट्र नीतिलाई समेत ट्र्याकमा ल्याउनुपर्ने बताए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...