बाढीपछि प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज नहुने, गृहमन्त्रीले बाढीबारे जानकारी दिने


काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित हुने भएको छ । भोटेकोसीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाह उद्धार तथा राहत व्यवस्थापनमा व्यस्त हुनुपर्ने भएकाले प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नहुने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा बाढी प्रभावित अवस्थाबारे गृहमन्त्री सुधन गुरुङले सदनलाई जानकारी गराउने तयारी गरिएको छ । यससँगै प्रतिनिधिसभाको बैठकको कार्यसूची परिवर्तन गर्ने तयारी भइरहेको छ ।
यसअघि आजको बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको थियो ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
