प्रधानमन्त्री राहत कोषको नाममा ठगी, सतर्क रहन प्रहरीको आग्रह

cp new add
Nisharg hospital

काठमाडौं । विपद्को अवस्थाको फाइदा उठाउँदै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’को नाममा ठगी भइरहेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।

प्रहरीका अनुसार केही व्यक्तिले सामाजिक सञ्जालमार्फत ती कोषको नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता तथा ई–वालेटमा रकम जम्मा गर्न आग्रह गर्ने र फर्जी राहत माग गर्ने गरेको पाइएको छ। प्रहरीले ‘स्क्याम अलर्ट’ जारी गर्दै यस्ता भ्रामक अपिलको विश्वास नगर्न र सहयोग गर्नुअघि सम्बन्धित विवरणको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ।

प्रहरीले सहयोग गर्न चाहनेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट मात्र विवरण हेर्न अनुरोध गरेको छ। विपद् राहतको नाममा कसैले ठगी गरेको वा ठगी गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तत्काल जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।

प्रहरीले विपद्को समयमा फैलिन सक्ने फर्जी सूचना, अपिल तथा आर्थिक ठगीप्रति विशेष सतर्क रहन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...