कञ्चनपुरका पत्रकार गुरूङ विद्युतीय अपराध मुद्दामा पक्राउ

cp new add
Nisharg hospital

धनगढी। कञ्चनपुरका पत्रकार पप्पु गुरूङलाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गुरूङलाई बुधबार बिहान दाेधाराचाँदनी नगरपालिकाबाट पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले गुरूङलाई विद्युतीय अपराध मुद्दामा पक्राउ गरिएको हाे ।

गुरूङले सामाजिक सञ्जालमा दाेधाराचाँदनीबाट प्रहरीकै मिलेमतोमा लागूऔषध भित्र्याउने गरेकाे दाबीसहितका स्टाटस लेखिरहेका थिए ।

प्रहरीले उनले फेसबुकमा जथाभावी लेख्न थालेपछि पक्राउ गरिएको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...