
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको छ।
मतदान निर्वाध रूपमा चलिरहेको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका छन्।

