पिकअपमा सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु

cp new add
Nisharg hospital

उदयपुरमा पिकअप जिपमा सिटी सफारी पछाडिबाट ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् । त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बिहान करिब १०ः२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को.प्र.०५–००१ च ०१९० नम्बरको पिकअप जिपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किएको थियो ।

दुर्घटनामा त्रियुगा नगरपालिका–११ निवासी शिवकुमार सदाकी दुई वर्षीया छोरी रागिनी सदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइएकोमा दिउँसो १२ः५६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएकी ७० वर्षीया कन्नि सदाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजातसमेत साथमा नराखेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...