कर्णालीमा गोहीको आक्रमणबाट मृत्यु, माछा मार्न गएकी थिइन्

cp new add
Nisharg hospital

धनगढी । कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।

शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोेहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीले गोहीको आक्रमणबाट लामिछानेको मृत्यु भएको पुष्टि गरेका छन् । उनकाअनुसार लामिछाने बिहान ७ बजेतिर माछा मार्न घरबाट निस्किएकी थिइन् ।

घर नफर्किएपछि खोजीका लागि प्रहरीलाई खबर गरिएको थियो । खोजीका क्रममा उनलाई कोठियाघाट क्षेत्रमा गोहीले आक्रमण गरेर मारेको अवस्था फेला पारेको हो ।

गोहीले आक्रमण गरि लामिछानेलाई नदीभित्रै राखेको थियो । राति करीब ११ बजेतिर उनलाई नदी छेउतिर ल्याएपछि प्रहरीले शव निकालेको थियो

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...