po
care tekar

गृह प्रशासनको अधिकार नहुँदा प्रदेश सरकार अपांगसरह छ : मुख्यमन्त्री भट्ट

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले गृह प्रशासनसम्बन्धी अधिकार नहुँदा प्रदेश सरकार अपांगसरह बनेको टिप्पणी गरेका छन् ।

sanjiwan
Nisharg

धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रहरी प्रशासनसम्बन्धी अधिकार नहुँदा प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको बताएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘प्रदेश सरकारका रूपमा हामी छौँ, तर हामीसँग गृह प्रशासनसँग सम्बन्धित कुनै अधिकार छैन । अपांग प्रदेश सरकारले तपाईंहरूलाई के मद्दत गर्न सक्छ ?’ उनले प्रश्न गरे ।

HAMRO DAIRY

प्रदेश सरकारले विगतमा विभिन्न प्रहरी चौकीका भवन निर्माण गरे पनि त्यससम्बन्धी खर्च अझै बेरुजुका रूपमा विचाराधीन रहेको उनले बताए । प्रदेश सरकारले राम्रा प्रहरी संरचना निर्माण गर्न चाहेको उल्लेख गर्दै उनले संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रहरी परिचालन गर्न नसकिएको गुनासो गरे ।

Nav

संविधानले व्यवस्था गरेका प्रदेशका एकल तथा साझा अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त, दक्ष र प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम थारूले प्रहरी संगठनको भूमिका प्रशंसनीय रहेको बताए । कानुनी राज्यको अनुभूति गराउने, दण्डहीनता रोक्ने र सुशासन कायम गर्ने कार्यमा प्रहरीको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले प्रहरीलाई प्रविधिमैत्री तथा अनुसन्धानमुखी बनाउँदै नागरिकप्रति उत्तरदायी बनाउनु आवश्यक रहेको बताए ।

तीनै तहका सरकारसँगको समन्वय र सहकार्यमा नागरिकको सुरक्षा, अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी सक्रिय रहेको उनले उल्लेख गरे ।

प्रहरी दिवसका अवसरमा प्रहरी संगठनलाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने संघसंस्थालाई समारोहमा सम्मानसमेत गरिएको थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...