कांग्रेस सभापति गगन थापाले लिए शपथ प्रेसपत्र प्रकाशित २०८३ कार्तिक १, शनिबार १५:०२ काठमाडौँ । कांग्रेस सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी कार्यालय सानेपामा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । हालै राजधानीमा सम्पन्न १५औँ महाधिवेशनबाट उनी भारी मतका साथ विजयी भएका थिए ।