press
po

 सडक विस्तारका क्रममा विष्फोट, शिक्षिकासहित ५ जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित अल्लुरी सीताराम राजु जिल्लामा सडक विस्तारका क्रममा प्रयोग गरिएको विष्फोटक पदार्थ अचानक विष्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

sanjiwan
Nisharg

शनिबार बिहान पहाड काटेर सडक विस्तार गर्ने क्रममा विस्फोटक उपकरणमा खराबी आएपछि दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रहरीका अनुसार नन्तगिरि मण्डलअन्तर्गत पिनाकोटा गाउँमा घाट सडक विस्तारका लागि चट्टान फुटाउने काम भइरहेको थियो। त्यस क्रममा जिलेटिन स्टिक जडित विशेष उपकरण प्राविधिक खराबीका कारण अचानक विष्फोट भएपछि दुर्घटना भएको हो।

HAMRO DAIRY

उक्त शक्तिशाली विष्फोटका कारण दुईवटा सवारी साधन पूर्ण रूपमा ध्वस्त भएका छन्। दुर्घटनामा एक चालक, तीन जना निर्माण श्रमिक र विपरित दिशाबाट आइरहेकी एक शिक्षिकाको ज्यान गएको छ। मृतकमध्ये विशाखापट्टनमकी शिक्षिका सुनिता, देवरापल्लीका श्रमिक मणी, चिडीकाडाका श्रमिक नारायणराव र कडपाका श्रमिक पवन कुमारको पहिचान खुलेको छ भने पाँचौँ मृतकको पहिचान खुल्न बाँकी रहेको छ। घटनालगत्तै स्थानीय राजस्व अधिकारी तथा प्रहरी टोलीले घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेका छन्।

आन्ध्र प्रदेशकी गृहमन्त्री वङ्गलपुडी अनिताले घाइतेहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार र सहयोग उपलब्ध गराउन अधिकारीहरूलाई निर्देशन दिएकी छन्। उनले राज्य सरकार पीडित परिवारको साथमा रहने र आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...