press
po

हरेक नेपालीलाई २ हजार कित्तासम्म विद्युत् शेयर निःशुल्क दिने कुलमान घिसिङको घोषणा

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav
sanjiwan
Nisharg

धनगढी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीको सरकार बने प्रत्येक नेपालीलाई एक हजारदेखि दुई हजार कित्तासम्म विद्युत् शेयर निःशुल्क दिने योजना रहेको बताएका छन्।

रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन्। उनले नेपालमा रोजगारीको समस्या प्रमुख रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि उज्यालो नेपालले स्पष्ट योजना बनाएको दाबी गरे। पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई तीनखम्बे नीतिका रूपमा अघि सारेको उनको भनाइ छ।

घिसिङले उज्यालो नेपाल पार्टीको सरकार बने पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्ने योजना रहेको बताए। त्यस्तै, २०० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउन सकिने उनको दाबी छ।

प्रत्येक नेपालीलाई विद्युत् शेयर उपलब्ध गराउने योजनाबारे उनले नेपालमा बस्ने नागरिकलाई कम्तीमा एक हजार कित्ता र विदेशमा काम गरेर रेमिट्यान्स पठाउने नेपालीलाई कम्तीमा दुई हजार कित्ता शेयर दिन सकिने बताए। यस्तो शेयरले नागरिकलाई भविष्यमा पेन्सनसरह आम्दानीको आधार दिने उनको भनाइ छ।

नेपालमा आगामी २० वर्षभित्र करिब ४० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताउँदै घिसिङले भारत र बङ्गलादेशमा ३० हजार मेगावाट विद्युत् निर्यात गर्न सके २० देखि ३० खर्ब रुपैयाँसम्म आम्दानी गर्न सकिने दाबी गरे।

उनले ग्यास र तेलको सट्टा विद्युत्को प्रयोग बढाउँदा विदेशिने ठूलो रकम बचाउन सकिने बताए। नेपालमा ग्रिन हाइड्रोजन उत्पादन गरेर गाडी, जहाज सञ्चालन तथा युरिया मल उत्पादनमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ।

घिसिङले जलस्रोतको उपयोगमार्फत कृषि, हरित पर्यटन र डिजिटल अर्थतन्त्रको विकास गर्न सकिने बताउँदै नेपाली युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र देशलाई समृद्ध बनाउने उद्देश्यले उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताए।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...