


कञ्चनपुर । भीमदत्त नगरपालिका–४ बजार क्षेत्रमा खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक अटो चालक पक्राउ परेका छन्।



सोही नगरपालिका–१० का २४ वर्षीय आशिष लुहारले चलाएको म १ ह ५५६ नम्बरको अटो चेकजाँच गर्दा २ ग्राम ६२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।





प्रहरीले सोमबार राति उक्त पदार्थ र अटोसहित लुहारलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






