


काठमाडौं । वर्षाका कारण भिजेको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुपर सोपर प्रयोग गरेर सुकाउन थालिएको छ ।


यससँगै नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ५ बजे हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल सञ्चालन हुने सम्भावना कायमै छ ।






बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेको छ । आयोजकले सुपर सोपर रोलर प्रयोग गरी मैदानमा जमेको पानी हटाउँदै खेलयोग्य बनाउने प्रयास गरिरहेको छ ।

यसअघि आजै हुने लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको थियो । खेल स्थगित भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।
सुदूरपश्चिम र विराटनगरबीचको खेल पनि मौसम र मैदानको अवस्थाका कारण अनिश्चित बनेको छ ।






