


धनगढी । कैलालीको भजनीबाट भन्सार छली गरी ल्याइएको सुर्ती र किराना सामानसहित एक महिला पक्राउ परेकी छन्।



भजनी नगरपालिका–१ भजनी बजारमा आइतबार प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा भजनी नगरपालिका–५ बस्ने ४३ वर्षीया सुशिला रेग्मीले चलाएको से ४ प ८२१४ नम्बरको मोटरसाइकलबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याइएको सामान फेला पारेको हो।





प्रहरीका अनुसार बरामद सुर्ती, किराना सामान र मोटरसाइकलको अनुमानित मूल्य १ लाख ७३ हजार ३०० रुपैयाँ रहेको छ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरी रेग्मीलाई नियन्त्रणमा लिएको जनाएको छ।






